वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति उम्मेदवार छान्ने अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको उम्मेदवार चयनको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई दिएको हो ।
बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने पनि औपचारिक निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij