काठमाडौं । नायिका तथा नेतृ करिश्मा मानन्धरले नेकपा नेतृ कोमल वलीलाई पार्टीकै अर्को समूहका नेता रघुजी पन्तले लगाएको आक्षेपबारे प्रतिक्रिया जनाएकी छिन् । मानन्धरले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फ पन्तको विचारको आलोचना गरेकी छिन् । उनले ठूला विचार बोक्छु भन्ने ठूला राजनीतिक अभिभावकमा आपराधिक मानसिकता देखिन थालेको टिप्पणी गरेकी छिन् ।
‘छोरीचेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नुपर्दा लज्जा महसुस नहोस्,’ सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै मानन्धरले भनेकी छिन्, ‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फूलेका बुज्रुकप्रति दया पनि लाग्योे १ सुझाव दिन मन लाग्यो । आदरणीय, पहिला आफूले आफूलाई सम्मान गर्नुस्, अनि अरुलाई सम्मान गर्न स्वतः सक्नुहुनेछ ।’
नेकपा निकट राष्ट्रियसभा सांसद वलीको विषयमा गरेको टिप्पणीपछि नेता पन्त विवादित बनेका छन् । एक अनलाइन सञ्चार माध्यमले शनिबार पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ आक्षेप लगाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij