वेबटिभी खबर
काठमाडौं । कोरोना महामारीका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट गराउने या नगराउने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।
एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका सचिव, सहसचिव, उपसचिवलगायत सम्वद्ध कर्मचारीले निर्णय गर्न नसकेपछि वैकल्पिक विधिबाट एसईई परीक्षा गराउने जिम्मा मन्त्रालयले मन्त्रिपरिषद्लाई सुम्पिन लागेको हो ।
मन्त्रायलको यस्तो तयारीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बचाउका लागि ‘तर्कपूर्ण’ अभिव्यक्ति दिँदै आउने गरे पनि एसईई परीक्षा कसरी र कुन विधिबाट सञ्चालन गर्ने भन्नेमा मन्त्री श्रेष्ठको वौद्धिक क्षमताले भ्याउन नसकेको पुष्टि भएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वर ढकालले वैकल्पिक विधिबारे अहिले छलफल भइरहेको र छिट्टै प्रस्तावमा लैजाने जानकारी दिए । अघिल्लो वर्षको मोडालिटीमा स्कूलले पहिलो र दास्रो परीक्षाको मूल्यांकन गरेर प्राप्त अंक राष्ट्रिय परीक्षा बोर्डलाई पठाएको थियो ।
यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षा दिने तयारीमा छन् ।
एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्युन: शिक्षामन्त्री
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij