Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

संविधान रक्षाका लागि कांग्रेसबाट राष्ट्रपति आवश्यक : प्रकाशरण महत

संविधान रक्षाका लागि कांग्रेसबाट राष्ट्रपति आवश्यक : प्रकाशरण महत

  • 295
    SHARES
  • संविधान रक्षाका लागि कांग्रेसबाट राष्ट्रपति आवश्यक : प्रकाशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षाका लागि पनि कांग्रेसबाटै राष्ट्रपति हुन आवश्यक रहेको बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले संविधानको रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको दाबी गरे ।

    अन्य दलको पनि समर्थन जुटाउन छलफल भइरहेको जानकारी दिएका उनले शुक्रबार साँझ बस्ने बैठकमा प्याकेजमै सहमति हुने दाबी गरे । राष्ट्रपति पदमा माधवकुमार नेपाल योग्य उम्मेदवार भए पनि अहिले कांग्रेसबाटै राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij