Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा

इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा

  • 297
    SHARES
  • इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप फाइनलमा

    काठमाडाैं । आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । 

    केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो । 

    अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # विश्वकप

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij