Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य

हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य

  • 289
    SHARES
  • हङकङले नेपाललाई दियो १२१ रनको लक्ष्य

    काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटका लागि सोमबार भएको खेलमा हङकङले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

    युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको छ ।

    हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरेका थिए । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाएका छन् ।

    यस्तै आहन त्रिवेदी ११ रनमा रनआउट भएका हुन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    उक्त खेलमा नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै सर्वाधिक ३ विकेट लिएका थिए ।

    स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिएका छन् । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।

    तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # हङकङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij