Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कराते खेलाडी श्रीलंका प्रस्थान

कराते खेलाडी श्रीलंका प्रस्थान

  • 304
    SHARES
  • कराते खेलाडी श्रीलंका प्रस्थान

    भैरहवा । तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।

    मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराते प्रतियोगिताको लागि वादोरियो कराते डो संघका खेलाडी कमरूद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरूषेत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंकातर्फ प्रस्थान गरेका हुन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमबीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् ।

    कार्यक्रममा नेपाल कराते महासंघ लुम्बिनी प्रदेश संयोजक भरतबहादुर केसीले मार्सल आर्ट भगवान गौतबुद्धसँग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

    बिदाई कार्यक्रममा खेलाडिलाई शुभकामना दिँदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष  ध्रुव आचार्यले  नेपाली खेलाडिहरू जहिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरूद्ध खेल खेल्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij