वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँको रिपो जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij