Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मन्त्री श्रेष्ठले गरे भक्तपुर-नगरकोट सडक अनुगमन

मन्त्री श्रेष्ठले गरे भक्तपुर-नगरकोट सडक अनुगमन

  • 292
    SHARES
  • मन्त्री श्रेष्ठले गरे भक्तपुर-नगरकोट सडक अनुगमन

    काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार भक्तपुरको सडकको अनुगमन गरेका छन ।

    भक्तपुरको सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका हुन । अनुगममको क्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावको पनि सहभागिता थियो ।

    २०१४ जुन ५ मा सम्झौता भएर २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो । सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए ।

    दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएपनि नौ वर्षसम्म पनि नभएपछि मन्त्री श्रेष्ठ सडक अनुगमनमा पुगेका हुन । सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ ।

    भक्तपुर-नगरकोट-सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो । सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij