वेबटिभी खबर
काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवान्यूगिनी (पिएनजी) विरूद्धको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।
नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको तेस्रो बलमा २६ रन बनाएर खेलिरहेका ओपनर किपलिन डोरिगालाई एलबिडब्लुको धरापमा पारे। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए।
नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले पावरप्लेमा बिना कुनै विकेट क्षति ४२ रन बनाएको थियो। ११ औं ओभरको समाप्तीमा पिएनजीले १ विकेट गुमाउँदै ४४ रन बनाएर खेलिरहेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij