वेबटिभी खबर
काठमाडौं । भंसार छलेर भारतबाट कोइलासहित तीन वटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका–४ हर्कपुराबाट बिहीबार सशस्त्र प्रहरीले करिब १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोइला ढुवानी गरिररहेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
भन्सार छलेर ल्याएको कोइला ओसार्न प्रयोग भएका लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टर भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरकिो भुजाहा बोर्डर आउट पोष्टबाट खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिइएका ट्याक्टरका चालक भने सशस्त्र प्रहरी देखेर फरार भएका छन् । नियन्त्रणमा लिइएका ट्याक्टरसहितको कोइला आवश्यक कारबाहीका लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij