वेबटिभी खबर
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भइरहेको पपुवान्युगिनी(पिएनजी) विरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
१५औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाएका हुन् । उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । उराले ४४ बलमा ९ चौकासहित ५० रन बनाएका छन् ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका थिए भने पहिलो विकेट रनआउट बाट प्राप्त भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij