वेबटिभी खबर
काठमाडौं । संविधानसभाका पूर्वसभासद तथा समाजसेवी नरेन्द्र साहले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
पूर्वसभासद साहले बिहीबार साँझ सामाजिक सञ्जालमा मार्फत् पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
साहले भनेका छन्, ‘संघीय गणतन्त्रको गौरव, संविधान र राष्ट्रका संरक्षकको रूपमा नेपालको सम्मानित राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु !’
नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार पौडेलले संघतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे ।
यसैगरी उनका प्रत्यासी नेम्वाङले संघतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरे । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij