Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

श्री एयरलाइन्सको उडानमा रोक

श्री एयरलाइन्सको उडानमा रोक

  • 301
    SHARES
  • श्री एयरलाइन्सको उडानमा रोक

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

    क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

    प्रवक्ता निरौलाले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको जानकारी दिए ।

    प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेको बताए ।

    आजका लागि १४ उडान निर्धारण  गरिएकोमा हालसम्म तीन उडान रद्द भइसकेका छन । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनको भनाइ छ ।

    व्यवस्थापक मानन्धरले भने, ‘क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजे मात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो।’

    बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना-ठूला गरी आठ जहाज छन । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij