Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

महामारीले लामाे समयसम्म विश्वव्यापी रोजगार संकट रहने

महामारीले लामाे समयसम्म विश्वव्यापी रोजगार संकट रहने

  • 734
    SHARES
  • महामारीले लामाे समयसम्म विश्वव्यापी रोजगार संकट रहने

    जेनेभा । संयुक्त राष्ट्र संघले कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी स्तरमा भएको रोजगारी संकट लामो समयसम्म रहने बताएको छ । राष्ट्र संघीय निकाय आइएलओले कोरोना कारण पुरै विश्वमा लाखौं व्यक्तिले रोजगारी गुमाएको र नयाँ रोजगारी सिर्जना नभएकाले यसको संकट लामो समय रहने बताएको हो ।

    यस वर्ष महामारीका कारण ७ करोड ५० लाख मानिस बेरोजगार भइसकेका छन् । सन् २०२२ सम्ममा यो संख्या दुई करोड ३० लाखसम्म घट्न सक्छ । आइएलओका निर्देशक गाय राइडका अनुसार यी तथ्यांकको विश्लेषण गर्दा सन् २०२२ सम्म बेरोजगार व्यक्तिको संख्या २० करोड ५० लाखसम्म पुग्न सक्छ ।

    महामारी सुरु हुनुभन्दा पहिलेको तथ्यांक हेर्दा सन् २०१९ मा बेरोजगार हुनेको संख्या १९ करोड ७० लाख थियो । बेरोजगारको स्थिति सबै देशमा समान छैन् । धनी देशहरुले रोजगारी सिर्जना गरेर यस्तो संकट छिटै हटाउन सक्छन् भने गरिब मुलुकमा विद्यमान असमानताका कारण महिला र युवाको रोजगारीमा बढी असर पर्छ ।

    कम आय भएका देशहरूमा बेरोजगारी अझ बढ्न सक्छ । तर भ्याक्सिनको पहुँच र कडा आर्थिक नीतिले उच्च आय भएका देशहरूलाई यस अवस्थाको सामना गर्न भने मद्दत पुर्‍याउँछ ।

    महामारीको समयमा लाखौं मानिसलाई रोजगारीको अभाव हुँदा परिवारमा गरिबी बढेको र उनीहरुको सामाजिक सुरक्षा पनि घटेको छ । आकलनअनुसार सन् २०१९ को तुलनामा ३ करोड १० लाख मानिसहरु गरिबीको रेखा मुनी पुगेका छन् । गरिबी उन्मुलनका लागि अहिलेसम्म भइरहेका कामलाई महामारीले पाँच वर्षपछि धकेल्दिएको आइएलो निर्देशक बताउँछन् । 

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij