Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोल्हवी नगरपालिका-५ का वडाअध्यक्ष पक्राउ

कोल्हवी नगरपालिका-५ का वडाअध्यक्ष पक्राउ

  • 247
    SHARES
  • कोल्हवी नगरपालिका-५ का वडाअध्यक्ष पक्राउ

    बारा । कोल्हवी नगरपालिका-५ का वडाअध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन् ।

    रामवनको राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमणमा वडाअध्यक्षको पनि संलग्नता रहेको भन्दै स्थानीय प्रशासनको अनुगमन टोलीले शनिबार स्थलगत अनुगमनको क्रममा वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो ।

    वन क्षेत्रमा लगाइएको बिरुवा अतिक्रमणकारीहरूले नष्ट गरेका थिए ।

    राष्ट्रिय वन क्षेत्रभित्रको करिब ५ हेक्टर खाली भूभागमा भूमाफियाले वनको जग्गा अतिक्रमण गर्ने र सुकुम्वासी आयोगबाट पुर्जा लिने नियतले यसो गरेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij