वेबटिभी खबर
झापा । झापाको भद्रपुरमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका-३ स्थित भैंसाबाडी निवासी ४० वर्षीय रामकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो घर नजिकैको पोखरीमा माछा मर्ने क्रममा लिम्बू डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका उनको खोजी गर्ने क्रममा स्थानियबासी र प्रहरी टोलीले उनलाई मृत फेला पारेका थिए ।
मृत अवस्थामा फेला परेका उनको शवलाई कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij