Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेताहरूको घोत्ल्याइँ- पार्टी फुटाउन हतार नगरौं

नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेताहरूको घोत्ल्याइँ- पार्टी फुटाउन हतार नगरौं

  • 1.2K
    SHARES
  • नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेताहरूको घोत्ल्याइँ- पार्टी फुटाउन हतार नगरौं

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयले जारी गरेको ह्विप उल्लंघन गर्दै वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले केन्द्रीय कमिटी बैठक राख्दै हतार-हतारमै पार्टीलाई  विभाजन गर्नु मुर्खता हुने निचोड निकालेका छन् ।

    बिहीबार (आज) नेपालपक्षीय नेताले राखेको भर्चुअल बैठकमा सहभागी सुरेन्द्र पाण्डे, योगश भट्टराई र गोकर्ण विष्टले पार्टी विभाजन गर्न हतार गर्न नहुने निष्कर्ष निकालेका हुन् । 

    १७ गते (सोमबार) मध्यरात याक एण्ड यती होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग ती नेताले पार्टी एकताका लागि पहल गरेका थिए ।

    आजको बैठकमा नेपालपक्षीय नेताहरुले पार्टीलाई एक बनाउनमा नै पहल गर्नुपर्ने धारणा राखेका छन् । पार्टीको विवाद समाधान र एकताका नाममा अध्यक्ष ओलीले आफूहरुलाई ‘अल्मल्याउन खोजेको’ हुन सक्ने आकलन गर्दै संस्थापन पक्षले साँच्चै एकता चाहे आफूहरुले पनि त्यसलाई मान्न सकिने बैठकमा सहभागी एक नेताले बताए । 

    वार्तामा बसेका नेताहरुको ब्रिफिङ सुनेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो सुझाव राखेका थिए । ओलीविरुद्ध संघर्ष गर्नेबेला अझै रहेको र पार्टी फुटाउन हातार गरिहाल्न नहुने बताएका थिए । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि ‘केपी ओली प्रवृत्ति’ विरुद्ध खरो उत्रिएर संघर्ष गर्नुपर्ने तर नयाँ पार्टी गठनमा हतार गर्न नहुने विचार राखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij