काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित जमान पार्कमा रहेको घरबाहिर प्रहरीले आफ्नो कारबाही जारी राखेको छ।
घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ बुलडोजर पनि ल्याइएको छ। बीबीसी संवाददाता तरहाब असगरका अनुसार प्रहरीहरू इमरान खानको घरको ढोका फोरेर भित्र पसेका छन्।
सञ्चारमाध्यसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निसाना बनाइएको बताए।
घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले दाबी गरेको छ। यसै क्रममा इमरान खानले इस्लामाबादको अदालततर्फ जाँदा आफ्नो समूह दुर्घटनामा परेको बताएका छन्।
आफू पक्राउ पर्ने थाहा भए पनि अदालतमा हाजिर हुन लागेको उनको दाबी छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology