मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग संगठनको संयक्त लगानीमा विराटनगर-१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उन यस्ताे बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरूपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रष्ट पारे।
उनले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवम् बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताए ।
सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उनले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने उनकाे भनाइ छ ।
भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाइले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिनेगरी द्वारको निर्माण गरिने जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology