Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हिउँद सकिएसँगै हिमाली जिल्लामा पूर्वाधार निर्माणको काम सुरु 

हिउँद सकिएसँगै हिमाली जिल्लामा पूर्वाधार निर्माणको काम सुरु 

  • 290
    SHARES
  • हिउँद सकिएसँगै हिमाली जिल्लामा पूर्वाधार निर्माणको काम सुरु 

    मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ ।

    हिउँदमा हिमापात कम भएपनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए । चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए ।

    विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् ।

    ‘चिसोका कारण रोकिएका कामले निरन्तरता पाएको छ, हिमापात कम भए पनि चिसोले रोकिएका काम अहिले निन्तर भइरहेको छ, सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको थियो, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य पूर्णरूपमा ठप्प थियो’, प्रजिअ  ढुंगेलले भनिन् ।

    जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनियर विष्टले बताए ।

    ‘हिउँदमा चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न सकिँदैन, अहिले सुरुआत भएको छ, यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ’, विष्टले भने ।

    सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल लगाउने, नाला निर्माण, सडक सम्याउने लगायतका कार्य भइरहेको इन्जिनियर विष्टको भनाइ छ । चिसोले रोकिएका काम अहिले वर्षायाम सुरु हुनु अगावै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको हो ।

    मनाङको मेरुदण्डका रुपमा रहेको चामे-बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको उनले बताए ।

    उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ । यहाँको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।

    सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि छ/छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे-बेँसीशहर-चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन संघ सरकारले ६० करोड विनियोजन गरेको छ ।

    आगामी पाँच वर्षको अवधिमा डुम्रे-बेँसीशहर-चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij