Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

  • 743
    SHARES
  • कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

    पाँचथर । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका-८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । 

    उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम-८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए ।

    उनका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij