Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

योग शिक्षाबारे जनचेतना गराउन आवश्यक छ : मुख्यमन्त्री कार्की

योग शिक्षाबारे जनचेतना गराउन आवश्यक छ : मुख्यमन्त्री कार्की

  • 266
    SHARES
  • योग शिक्षाबारे जनचेतना गराउन आवश्यक छ : मुख्यमन्त्री कार्की

    मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताएका छन् ।

    मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा आज विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पारी स्वस्थ जीवनयापन गर्न सकिने बताएका हुन् ।

    मुख्यमन्त्री कार्कीले आजका युवापुस्तालाई योग र आहारका सम्बन्धमा ज्ञान प्रदान गर्नु अस्पताल निर्माण गर्नुभन्दा उपलब्धिमूलक हुने बताए । उनले प्राविधिक विश्वविद्यालयले योग शिक्षा अध्यापन तथा यहाँबाट उत्पादन हुने जनशक्ति बजारमा जोड्ने विषयमा बृहत् छलफल एवम् अध्ययन गर्नुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री कार्कीले योग शिक्षाबाट नागरिक स्वस्थ्य भएमा मात्र देश विकासमा सघाउ पुग्ने विचार राखे । उनले प्रदेश सरकार नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका माध्यमबाट अध्ययन-अध्यापन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij