Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : सचिव पौडेल

पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : सचिव पौडेल

  • 299
    SHARES
  • पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : सचिव पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

    शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताए ।

    ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ’, सचिव पौडेलले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij