शोभिता सिम्खडा
पिरतीको फूलहरु खिलखिलाई रहे
सम्झनाका छालहरू आइरहे
अँधेरी रातमा मनको परिधिभित्र
मनमा तिम्रो माया सजाइरहे
तिम्रो शब्द शब्द याद गर्दै
संगीतको धूनसँग मिलाई रहेँ
घडीको टिकटिक आवाजसँगै
मुटुको ढुकढुकी सुनिरहे
तिम्रो छातीमा शिर राखी
निदाउने चाहना पाली रहेँ
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij