Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

 एकल राज्य मान्दैनौंः उपप्रधानमन्त्री महतो 

 एकल राज्य मान्दैनौंः उपप्रधानमन्त्री महतो 

  • 2.0K
    SHARES
  •  एकल राज्य मान्दैनौंः उपप्रधानमन्त्री महतो 

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले एकल राज्य नमान्ने दोहोर्याएका छन् ।संविधान अधुरो रहेको दाबी गर्दै उपप्रधानमन्त्री महतोले  देशमा विभिन्न जातजातिमाथि विभेद कायमै रहेको बताए । 

    जनता समाजवादी पार्टी (जसपा) को कार्यालयमा शनिबार दिउँसो आयोजित स्वागत कार्यक्रममा बोल्दै महतोले यस्ता भनाइ व्यक्त गरेका हुन् ।

    ‘यो देश बहुलताले भरिएको छ । विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो,’ महतोले भने, ‘विभिन्न जाति-समुदायको देश हो । उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’

    नवनियुक्त उपप्रधानमन्त्री महतोले अराजक र संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा आलोचना भएको छ । राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको भनि विरोध भएको छ । 

    महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij