Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

परीक्षा केन्द्र वरिपरी मदिरा बेच्न रोक

परीक्षा केन्द्र वरिपरी मदिरा बेच्न रोक

  • 248
    SHARES
  • परीक्षा केन्द्र वरिपरी मदिरा बेच्न रोक

    बैतडी । बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

    शुक्रबारदेखि सञ्चालन हुने एसईईलाई मार्यादित वातावरणमा सम्पन्न गर्नका लागि मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावै आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए ।

    ती क्षेत्रहरुमा परीक्षा अवधिभर कसैले मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही गरिने नगरपालिकाले जनाएको छ । यस्तै परीक्षाको अवधिमा दैनिक उपभोग्य वस्तु तोकिएको दररेटभन्दा बढीमा बिक्री नगर्न आग्रह गरिएको छ ।

    कसैले तोकिएको दररेट भन्दा बढीमा उपभोग्य वस्तु बिक्री गरेमा कारबाही हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij