Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानन्यायाधीश राणा भन्छन्- न्यायाधीश रोज्ने कानून व्यसायीको अधिकार होइन

प्रधानन्यायाधीश राणा भन्छन्- न्यायाधीश रोज्ने कानून व्यसायीको अधिकार होइन

  • 1.3K
    SHARES
  • प्रधानन्यायाधीश राणा भन्छन्- न्यायाधीश रोज्ने कानून व्यसायीको अधिकार होइन

    काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताएका छन् ।

    सो विवादमा ११  न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै कानू्न व्यवसायीले दिएको निवेदन फिर्ता लिन उनले आग्रह गरे । प्रधानन्यायाधीश राणाले आज निवेदन पेस गर्ने अधिवक्तालाई निवेदन फिर्ता नलिए अदालतको अवहेलनामा कारबाही गरिने चेतावनीसमेत दिए ।

    संवैधानिक इजलासप्रति आपत्ति

    प्रधानन्यायाधीशले आज गठन गरेकाे संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएका छन् । इजलासमा सुनुवाइ सुरू हुुनेबित्तिकै उनले प्रश्न गरे, 'दुई जना न्यायाधीशलाई किन हटाइयो ? आफैं छाडेका दुई जनालाई किन फेरि राखियो ?'

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिट निवेदनमाथिको सुनुवाइ गर्न गठित इजलासप्रति पुनः प्रश्न उठेको छ । 

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन् ।

    वरिष्ठताका आधारमा न्यायाधीश हरिकृष्ण कार्की तेस्रो स्थानमा पर्ने भए पनि अघिल्लो ओली सरकारका पालामा महान्यायाधिवक्ता भएका विषयमा प्रश्न उठेपछि उनी इजलासमा बसेका छैनन् । त्यसपछिका वरिष्ठता क्रमका आधारमा इजलास गठन गरिएको छ ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij