Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ

  • 197
    SHARES
  • बलात्कार आरोपमा दुईजना पक्राउ

    काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्ने २१ वर्षाीय आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ घर भई हाल टोखा-६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिए । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

    nt.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij