Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्

शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्

  • 9.9K
    SHARES
  • शिक्षामन्त्रीको निर्देशन- असार १ देखि नयाँ शैक्षिक सत्रको भर्ना प्रकृया सुरु गर्नुस्

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आइतबार निर्देशन दिएका हुन् ।

    images

    उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौं, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस्,’ मन्त्री श्रेष्ठले भने । 

    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने भनाइ व्यक्त गरे । 

    छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै थपलियाले त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।

    उनकाअनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपियाँ सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौं,’ उनले भने । 

    सचिव थपलियाले बजेटमा उल्लेख भएअनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागू गरिने जानकारी दिए ।

    बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए ।

    मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै भने करिब एक महिना अघि निवर्तमान स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंत्तिमा खटिने शिक्षकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिएका बताए । सो पत्र कार्यान्वयन गर्न पुन: मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिए ।

    बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गरे । 

    शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने मन्त्रालयको तयारी  शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउने मन्त्रालयको तयारी 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology