Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने

  • 348
    SHARES
  • भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु, नौ दिनसम्म चल्ने

    फाइल तस्बिर

    भक्तपुर । भक्तपुरको बिस्केट (बिस्का) जात्रा आज साँझबाट सुरु हुँदैछ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो । जिब्रो छेडने जात्राको रूपमा पनि यो जात्रा चर्चित छ ।

    सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।

    सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहदैँ आएको छ ।

    लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij