Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव

ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव

  • 963
    SHARES
  • ब्राजिलमा कोपा अमेरिका फुटबल स्थगित गर्न संसदीय आयोगकाे सुझाव

    ब्राजिलिया । ब्राजिलका सिनेटका अनुसन्धान सदस्यहरूले कोपा अमेरिका खेल स्थगित गर्न आग्रह गरेका छन् । देशमा खोपको अभाव र भाइरस फैलिने उच्च जोखिम कायमै रहेकाले फुटबल प्रतियोगिता स्थगित गर्न भनिएको छ ।

    आइतबार ब्राजिलको फुटबल टिमलाई लेखेको पत्रमा संसदीय आयोगका कर्मचारीहरुले ब्राजिलभर शुक्रबारसम्म १० प्रतिशत जनसंख्याले मात्र खोपको पहिलो मात्रा लिएको बताएका छन् ।

    अप्रिलको अन्त्यमा आयोगले दक्षिणपन्थी राष्ट्रपति जयर बोल्सनोरोको महामारी व्यवस्थापन बारेमा अध्ययन सुरु गरेको थियो । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चार लाख ७२ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

    कर्मचारीहरुले उक्त पत्रमा ब्राजिलले विशाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि अहिले सरसफाई र सुरक्षा प्रदान गर्न सक्दैन साथै यसले ब्राजिलियन जनताले महामारीका कारण भोगिरहेको वास्तविक स्थितिलाई उजागर गर्दैन् भनिएको छ ।

    ब्राजिलमा खोपको दर कम हुनु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले संक्रमणको सम्भावित नयाँ लहर बारे चेतावनी दिएकाका कारण अन्तर्राष्ट्रिय टुर्नामेन्ट आयोजना गर्ने योजनाहरूको बारेमा ध्यान दिन आवश्यक रहेको आयोगका कर्मचारीले बताएका छन् । 

    यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय भए पनि त्यहाँ कोरोना भाइरसकाे संक्रमण बढेपछि ब्राजिलमा हुने निर्णय भएकाे हाे । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले अर्जेन्टिनासँगै सहआयोजकको रुपमा रहेको कोलम्बियामा भने विराेध प्रदर्शन बढेपछि २० मेमा आयोजकबाट हटाइएको थियो । 

    यसअघिको सिजन पनि ब्राजिलमा भएको थियो । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

    कोपा अमेरिका फुटबल ब्राजिलमा हुने  कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

  • सम्बन्धित विषय:

  • # ब्राजिल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij