Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बलात्कार आरोपमा एकजना पक्राउ

बलात्कार आरोपमा एकजना पक्राउ

  • 228
    SHARES
  • बलात्कार आरोपमा एकजना पक्राउ

    झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई पक्राउ गरेको छ ।

    भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij