Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भैरव र भद्रकालीको रथ जुधाइयो

भैरव र भद्रकालीको रथ जुधाइयो

  • 266
    SHARES
  • भैरव र भद्रकालीको रथ जुधाइयो

    भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिंगो जात्रा आज साँझ लिंगो ढालेर सम्पन्न भएको छ ।

    तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरि आज साँझ लिंगो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो ।

    बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलस्थित ल्यासिङ्खेलमा लिंगो ठड्याइएको थियो ।

    पचपन्न हात लामो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरि आज एक घण्टाको प्रयासपछि ढालिएको थियो ।

    लिंगाे ठड्याउनुअघि लिंगाेको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतिक आठ वटा डोरीले तानेर उक्त लिंगाे ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिंगाे ढालिएको थियो । 

    लिंगाेको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।

    भक्तपुरको प्रसिद्ध बिस्केटको  लिंगाे जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा‍.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

    लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरि तान्त्रिक पूजाविधि विधानसमेत थप गरि आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

    लिंगाे ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

    जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ ।

    भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij