वेबटिभी खबर
काठमाडौं । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पीएजीले लेन्समाथि ३-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरेका छन् ।
लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए । लिगको शीर्षस्थानमा पीएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पीएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् ।
उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन् । यस जितसँगै पीएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ ।
पीएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij