वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीमा क्षति पुर्याएको छ ।
सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।
केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिंगे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रका बालीमा क्षति पुग्ने गरि असिना परेको स्थानीय सागर इजमले जानकारी दिए ।
हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पुगेकाे स्थानीयहरूकाे भनाइ छ ।
यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij