वेबटिभी खबर
जोहान्सबर्ग । भारतका नेता महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई दक्षिण अफ्रिकामा सात वर्षको जेल सजाय सुनाएको छ । डरबनको एक अदालतले पाँच करोड १५ लाख रुपैयाँ अर्थात् ६० लाख र्यान्ड रकम ठगी गरेको आरोपमा उक्त सजाय सुनाएको हो । यो मुद्दामा आशिष सन् २०१५ देखि जमानतमा थिइन् ।
लता रामगोबिन मानवअधिकार कर्मी इला गान्धी र मेवा रामगोबिनकी छोरी हुन् । इला गान्धीलाई भारत र दक्षिण अफ्रिका दुवै देशमा मानवअधिकारको क्षेत्रमा योगदान दिएवापत राष्ट्रिय सम्मान प्राप्त भइसकेको छ ।
दक्षिण अफ्रिकाका उद्योगपति एसआर महाराजले आशिष लताविरुद्ध जालसाजीको मुद्दा दर्ता गरेका थिए । लताले महाराजसँग सन् २०१५ मा भारतबाट लिनेनका ३ कन्टेनर दक्षिण अफ्रिका लैजानका लागि उनीहरुबीच सम्झौता भएको थियो । त्यो कन्टेनर अफ्रिकन हस्पिटल गु्रप नेट केयरलाई डेलिभर गर्ने र नाफा बाँडफाँड गर्ने गरी दुवै पक्ष सहमत भएका थिए । पछि आशिष लताले धोका दिएको भन्ने लागेपछि कम्पनीका निर्देशकले उनीविरुद्ध अदालतमा मुद्दा हाले ।
सन् २०१५ मा लताविरुद्ध अदालतमा सुनुवाई सुरु भयो । अदालतमा सुनवाईको क्रममा राष्ट्रिय अभियोजन प्राधिकरण (एनपीए) का ब्रिगेडियर हंगवानी मूलौदजीले लताले लगानीकर्तालाई मनाउन नक्कली कागजात र चालान देखाएको बताएका थिए । लिनेनको कुनै कन्टेनर पनि भारतबाट दक्षिण अफ्रिका गएन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij