Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

थ्रीस्टार हाइड्रोपावरको आईपीओ निष्काशन

थ्रीस्टार हाइड्रोपावरको आईपीओ निष्काशन

  • 259
    SHARES
  • थ्रीस्टार हाइड्रोपावरको आईपीओ निष्काशन

    काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दुईचरण गरि आईपीओ निष्काशन गरेको हो ।

    पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

    त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको ४९ करोड २५ लाख रूपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

    जसअनुसार यस कम्पनीले १०० अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको छ ।

    यस आईपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर-१ देखि ११ अर्थात साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

    यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर-१ देखि ७ सम्मका साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस का सम्पूर्ण वडा बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

    त्यस्तै दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ७३ लाख ८७ हजार ५०० रूपैयाँ बराबरको शेयर नेपाल वैदेशिक रोजगारिमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

    जसअनुसार प्रतिशेयर १०० अंकित दरले ७३ हजार ८७५ कित्ता साधारण शेयर विदेशमा रोजगार गरि रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

    यस आईपीओमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने वैशाख २५ गतेभित्र आवेदन दिनुपर्ने हुन्छ ।

    स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

    जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij