Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतमा १५ दिनमा झन्डै १४ लाख सक्रिय संक्रमित घटे 

भारतमा १५ दिनमा झन्डै १४ लाख सक्रिय संक्रमित घटे 

  • 623
    SHARES
  • भारतमा १५ दिनमा झन्डै १४ लाख सक्रिय संक्रमित घटे 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहर कमजोर हुँदै गएसँगै सक्रिय संक्रमितको संख्या पनि घटेको छ । गत १५ दिनमा सक्रिय संक्रमितको संख्या १३ लाख ५४ हजार नौ सय ७८ ले घटेको छ ।

    २४ मे मा २५ लाख ८१ हजार सक्रिय संक्रमित भएकोमा अहिले घटेर १२ लाखमा आइपुगेको छ । दैनिक संक्रमित पनि मंगलबारदेखि एक लाखभन्दा तल छ । विगत २४ घण्टामा त्यहाँ ९२ हजार सात सय १९ जना संक्रमित भएका छन् ।

    यही अवधिमा दुई हजार दुई सय २२ जनाको संक्रमणबाट ज्यान गएको छ भने निको हुनेको संख्या एक लाख ६२ हजार २८० छ । 

    संक्रमणदर घट्दै गएपछि भारतका मुम्बई, दिल्ली, पटनालगायतका सहरहरुमा विस्तारै लकडाउन खुकुलो बनाइएको छ । त्यहाँ पसल, बजार खुल्न र सवारी चल्न सुरु गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij