Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

  • 296
    SHARES
  • बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

    कालीकोट । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा-१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ । फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनी अपांगता भएको कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ ।

    बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो ।

    कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता गरिने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij