Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नबिलले ल्यायो ग्राहक लक्षित अर्काे सुविधा , पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड 

नबिलले ल्यायो ग्राहक लक्षित अर्काे सुविधा , पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड 

  • 291
    SHARES
  • नबिलले ल्यायो ग्राहक लक्षित अर्काे सुविधा , पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड 

    काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सुविधा दिने उदेशयले पहिलो पटक ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । 

    यो कार्डमा कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्नेलगायत सुविधाहरु पाउन सक्छन् ।

    बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले कार्ड लिने ग्राहकलाई सजिलो र सस्तो सुविधा उपयोग गर्न सहयोग पुग्‍ने बताइन् । ’हामी लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भनिन् ।

    नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सिमित अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ । 

    creditcard2.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij