Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

  • 213
    SHARES
  • आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    राती भने  लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

    देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij