वेबटिभी खबर
विराटनगर । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर महानगरपालिका-१ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरे ।
उनले यस वडा शिक्षा र स्वास्थ्यमा पछाडी परेको भन्दै स्थान छनोट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताए । वडाध्यक्षसमेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहार, विहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गरे ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने जानकारी दिए ।
शिविरमा तौल, बोसोको मात्रा, मधुमेह, रक्तचाप, रक्त समूहलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij