Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विज्ञान र प्रविधिमा जोड नदिइकन आर्थिक विकासको जग बस्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

विज्ञान र प्रविधिमा जोड नदिइकन आर्थिक विकासको जग बस्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

  • 440
    SHARES
  • विज्ञान र प्रविधिमा जोड नदिइकन आर्थिक विकासको जग बस्दैन : पूर्वप्रधानमन्त्री भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक विकासका लागि विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताएका छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सोमबार माइतीघर मण्डलामा डा.भट्टराईले आर्थिक विकासका लागि विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताएका हुन् ।

    ‘विज्ञान र प्रविधिमा जोड नदिइकन आर्थिक विकासको जग बस्दैन । आफ्ना श्रम विदेश पठाउने र रेमिट्यान्सबाट विदेशी वस्तु किनेर खाने प्रवृत्ति भएसम्म देश बन्दै बन्दैन । देशमा विकास र समृद्धिको जग बसाल्ने हो भने अध्ययन अनुसन्धान, आविष्कारमाथि हामीले जोड गर्नैपर्छ,’डा.भट्टराईले भने,‘अनुसन्धान, नवप्रवर्तन, आविष्कारबाट मात्रै वस्तु उत्पादन गर्न सकिन्छ । यो बिउ हो । महावीर पुनजीको अभियानमा मेरो साथ सहयोग छ । उहाँले उठाउनु भएका मागहरू जायज छन् ।’ 

    डा.भट्टराईले पुनका मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने बताउँदै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकारले बजेट छुट्याउनुपर्ने बताए ।  

    पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कार निमित्त सरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

    मिटरब्याजी पीडितका माग जायज छन्, सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष भट्टराई मिटरब्याजी पीडितका माग जायज छन्, सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष भट्टराई

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij