वेबटिभी खबर
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ आज लिने भएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
मन्त्रीहरूको शपथग्रहण समारोह दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका गुरुङ, बस्नेत र लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार मन्त्रीमा नियुक्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij