वेबटिभी खबर
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।
एन्फा महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यहरु लाई पत्रमार्फत सोमबार दिउँसो २ः०० बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सुरु हुने आपतकालिन बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।
‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) वमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपतकालिन बैठक राखिएको हुँदा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु’ पत्रमा उल्लेख छ ।
यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो ।
तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij