Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बलात्कार अभियोगमा एकजना पक्राउ

बलात्कार अभियोगमा एकजना पक्राउ

  • 256
    SHARES
  • बलात्कार अभियोगमा एकजना पक्राउ

    मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय  प्रवेश बस्नेत रहेका छन् ।

    उनलाई  सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    बेलबारी नगरपालिका-७ स्थित मकै बारीमा ती किशोरीलाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij