Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना जेल

फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना जेल

  • 1000
    SHARES
  • फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना जेल

    पेरिस । फ्रान्सको एक अदालतले राष्ट्रपति इमानुएल म्याक्रोंलाई सार्वजनिक स्थलमै थप्पड हान्ने व्यक्तिलाई चार महिना जेल सजाय तोकेको छ । अदालतले १८ महिनाको जेल सजाय सुनाए पनि १४ महिना निलम्बन गरिएको छ । साथै कुनै पनि सार्वजनिक पद धारण गर्न र पाँच वर्षसम्म हतियार राख्न नपाउने गरी प्रतिबन्ध लगाएकाे छ । 

    मध्ययुगीन इतिहासका समर्थक २८ वर्षीय डेमियन तरेलले मंगलबार राष्ट्रपति भ्रमणमा निस्किएका वेला थप्पड हानेपछि तरेललाई हिरासतमा लिइएको थियो । राष्ट्रपति म्याक्रों आफ्नै निर्वाचन क्षेत्र ड्रोम क्षेत्रमा आफ्ना नागरिकहरुसँग भेट्घाट गर्ने क्रममा तरेलले म्याक्रोंलाई हानेका थिए ।

    तरेलले राष्ट्रपतिलाई कुट्ने योजना पूर्वनियोजित नभएको बयान दिएको अलजजिराले लेखेको छ । उनले त्यस क्षेत्रमा राष्ट्रपतिको भ्रमण हुने भन्ने जानकारी पाएपछि अण्डा वा क्रिम प्रहार गर्ने योजना भने बनाएको बताए ।

    तरेलसँगै पक्राउ परेका अर्का व्यक्तिलाई भने कुनै सजाय ताेकिएकाे छैन तर ती व्यक्तिविरूद्ध अवैध हतियार राखेकाे सम्बन्धमा मुद्दा चलाइनेछ । 

    फ्रान्समा सार्वजनिक अधिकारीमाथि आक्रमण गरेको अभियोगमा अधिकतम तीन वर्ष जेल र ४५ हजार युरो डलर जरिवाना हुने कानुनी प्रावधान छ । 

    म्याक्रोंले भने यो आक्रमणलाई 'पृथक घटना' भनेका छन् र उनले आफ्नो व्यक्तिगत सुरक्षाका लागि चिन्ताका बावजुद मतदातालाई भेट्ने आश्वासन दिएका छन् । 

    फ्रान्सका राष्ट्रपति म्याक्रोंलाई एक व्यक्तिले थप्पड हाने  फ्रान्सका राष्ट्रपति म्याक्रोंलाई एक व्यक्तिले थप्पड हाने 

     

     

  • सम्बन्धित विषय:

  • # फ्रान्स

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij