Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुई दिनमा दुई गैँडा मृत भेटिए

दुई दिनमा दुई गैँडा मृत भेटिए

  • 256
    SHARES
  • दुई दिनमा दुई गैँडा मृत भेटिए

    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

    भाले गैँडा दुई वर्ष ६ महिनाको रहेको उनले जानकारी दिए ।

    उनका अनुसार दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए ।

    उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको संख्या १८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # गैंडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij