वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको पुष्टि नुहँदासम्म निलम्बन नगर्ने जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले खाणलाई तत्काल कुनै कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।
पार्टीका केही नेताहरूले खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज उठाएपछि बैठकले खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका हुन् । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij